कांग्रेस धादिङले फागुन २९ बाट एक महिने चुनावी अभियान सुरु गर्ने

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७८

धादिङ । नेपाली कांग्रेस धादिङले बिहिबार एक विज्ञप्ती जारी गर्दै फागुन २९ गतेबाट चैत्र २९ गते सम्म एक महिने चुनावी अभियान गर्ने जनाएको छ ।

जिल्ला सभापति रामनाथ अधिकारीले विज्ञप्ती जारी गर्दै,”घर-घर जाऔं, कांग्रेस जिताऔं” अभियानको उद्घाटन, अभिमुखीकरण र बैठकमा सहभागिताका लागि अनुरोध गरेका छन् ।

यस्तो तो छ विज्ञप्तीमा उल्लेख गरिएका मुख्य बुँदाहरु
१. २०७८ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको तयारीस्वरूप नेपाली कांग्रेसले देशैभर उत्साहका साथ यही फागुन २९ गतेदेखि चैत २९ गते एक महिनासम्म “घर-घर जाऔं, कांग्रेस जिताऔं” अभियान सञ्चालन गर्ने र अभियानको फागुन २९ गते देशभर एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको सर्वविदितै छ ।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङले केन्द्रीय सदस्य एवम् धादिङमा अभियानका लागि केन्द्रीय प्रतिनिधि डा. गोविन्दराज पोखरेलसँगको परामर्शमा अभियानको उद्घाटन तथा अभियानलगायतका विषयमा केन्द्रीय प्रतिनिधिबाट अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम फागुन २९ गते १२:०० बजे धादिङबेसीमा प्रारम्भ हुनेछ ।
कार्यक्रममा तपसिलका तहगत संरचनाका जिम्मेवारीमा रहेका तथा नेताहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध छ ।
क. जिल्ला कार्यसमितिका सबै
ख. जिल्ला कार्यसमितिका पूर्वपदाधिकारीहरू
ग. सांसद र सांसदका उम्मेदवारहरू
घ. प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सबै
ङ. महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू
च. जिल्ला कार्यसमितिका पदाधिकारीका उम्मेदवारहरू
छ. प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सबै
ज. नगरपालिका कार्यसमिति र गाउँपालिका कार्यसमितिका सभापति र सचिवहरू
झ. पार्टीबाट प्रतिनिधित्व गर्ने नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू
ञ. वडा कार्यसमितिका सभापतिहरू
ट. भ्रातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरू
ठ. पार्टी सम्पर्क (मुल)समितिका सभापतिहरू
साथै कार्यक्रममा उपस्थितिका लागि पार्टीका सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक संस्थासम्बद्ध सबैलाई अनुरोध छ ।

२. नेपाली कांग्रेस, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूका लागि पूर्वनिर्धारित क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम २०७८ फागुन २७ गते, बिहान १०:०० बजे आर. के. ब्याङक्वेट, धादिङबेसी(बीपी स्मृति भवन नजिकै) मा आयोजना हुनेछ ।

३. जिल्ला कार्यसमितिको नियमित बैठक २०७८ फागुन २८ गते बिहान ११:०० बजे बीपी स्मृति भवन, धादिङबेसीमा बस्नेछ । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, स्थायी आमन्त्रित सदस्यहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू र प्रदेशसभा क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको छ । जय नेपाल !
रामनाथ अधिकारी
सभापति
नेपाली कांग्रेस धादिङ