
धादिङ । माओवादी केन्द्र बागमती प्रदेश परिषदको बिस्तारित बैठकले धादिङको इन्चार्जमा फेरि शालिकराम जमकट्टेलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशका मन्त्री समेत रहेका जमकट्टेललाई बुधबार सम्पन्न प्रदेश परिषदको बिस्तारित बैठकले फेरि धादिङको इन्चार्जको जिम्मेवारी दिएको हो ।
धादिङ जिल्ला इन्चार्ज बनेर आउन सक्ने भएपछि योजनावद्ध रुपमा, ज्यूँदा सहिदका रुपमा परिचित जनयुद्धका घाईते तथा जनयुद्धमा दुई छोरा वेपत्ता परिएका रामबहादुर भण्डारीलाई प्रदेशबाट केन्द्रीय सदस्यमा सिफारिस नभएको बताईएको छ । केन्द्रिय अधिवेशनबाट केन्द्रिय सदस्य बनाउन सकिएन अव मनोनयबाट केन्द्रिय सदस्य बनाईने हल्लामा विश्वास गरेका नेता भण्डारी अन्नत मनोनयनमा पनि पारिएन । आफूलाई योजना वद्ध ढंगले सिफारिस नगरिएको नेता भण्डारी बताउँछन् ।
तेसो त धादिङपोष्ट सँग कुरा गर्दै केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले भण्डारीको योगदानलाई अवमुल्याङ्कन हुन नदिने र केन्द्रीय सदस्य सो सरह कै अरु पदमा चयन गर्ने तयारी रहेको बताए । यस्तै केन्द्रीय सदस्य कल्पना धमलाले पनि आफूहरुले भण्डारी दाईको विषयमा निर्मम भएर अध्यक्ष सामु कुरा राखेको र भुमिका विहिन नबनाईने बताईन् । धादिङमा जनता सँग जोडिएर दैनिक जनताको कामका क्रियाशिल जनतामा लोकप्रिय नेतालाई भुमिका विहिन बनाउन सोच्न पनि नसकिने धमला बताउँछिन् ।
यसअघि सम्पन्न बागमती प्रदेशको बैठकले माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समितिको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछानेलाई चयन गर्दै धादिङको २ वटा संघीय, ४ वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटै स्थानीय तहमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको थियो ।
