महिला समानता र सशक्तीकरणमा महिला र पुरुष दुबैको सकृय भुमिका हुनुपर्छ

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २४, २०७८

हरेक घरको शोभा, लक्ष्मी र मुहार फेर्ने रानी बनेकी छौ तिमी !
माया ममता संगै अलौकिक चरित्रकि खानि बनेकी छौ तिमी !!
कति हेलाँ, शोषण अनि पीडा मनमा लुकाएरै भए पनि !
सुख–दुख हाँसेरै पार गर्ने एक महान कहानि बनेकी छौ तिमी !!
जुनको ज्योति सरि उर्जाहरु संसारमा फैलाउने त्यो नारी मन
जुन सुकै अवस्थामा सबैको नजरमा दानी बनेकी छौ तिमी !!
संसार भर चेतनाको मुल फुटाउउने मन भएर नै होला सायद
हरेक मन अनि आत्मियताको जननी बनेकी छौ तिमी !!
मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । महिलाका हक, अधिकार र मुद्दाहरुलाई शीर्ष स्थानमा आवाज बुलन्द गर्ने दिन ! ईतिहास हेर्दै जाँदा सन् १९१० मा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय कोपनहेगन सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेटिकनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन गरेको प्रस्ताव पास भएपछि सन् १९११ देखि विश्वभरि ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका रूपमा मनाउन थालियो ।

हुनत अमेरिकाको सोसलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा र युरोपका केही देशहरुले मार्च १९ का दिन महिला दिवस मनाएका थिए पछि सन १९१३ मार्च ८ देखि उनै अभियान्ता क्लारा जेट्किनले महिला कामदार माथिको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वव्यापी रुपमा नै मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो । महिला शसक्तिकरण र लैङ्गिक असमानता हटाउने मुख्य उद्देश्य भएता पनि यो दिन संसारभरका महिलाहरुको आर्थिक, सामाजिक तथा राजनितिक उपलब्धिको विश्लेषण गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका आनुसार बिस्वका झन्डै २५ देखि ४० % छोरिहरु कुनै न कुनै हिंसामा परेका छन् । जसमा योन हिंसा, बलात्कार, दाइजो प्रथा, इज्जत जाने डरले परिवारबाटै हुने हत्या, तेजाब आक्रमण, महिला बेचबिखन, प्रजनन अधिकार माथिको नियन्त्रण जस्ता कुराहरु समेटिन्छन । यस्तो विषम परिस्थितिमा हिन्सा अन्तको लागि केही प्रयास हरु पनि भएका छन । ई.सं १९९४ मा संयुक्त रास्ट्रसंघिय महासभाबाट पारित महिला हिंसा सम्बन्धी रास्ट्रसंघिय घोषणापत्र, १९९५ को बेइजिङ कार्य योजना, २००५ को सहश्राब्दि विकास लक्ष्य आदि महिला हिंसा अन्तका लागि गरिएका केही पहलकदमिहरु हुन । सन २०१३ मा संयुक्त रास्ट्रसंघीय महिलाको स्थिती सम्बन्धी आयोगको ५७ औ सत्रमा महिला अधिकार हिंसाबाट मुक्त र संरक्षित गरिनुपर्छ भन्नेमा आयोगको सदस्य राष्ट्रहरु एक भए । सोही आयोगको ६५ औ सत्र २०२१ मार्चमा पनि महिला हिंसा अन्त्य, सुरक्षा र भेदभाव अन्तको लागि गहन पहल भएको छ ।

विश्वका अन्य देशहरुले वर्षौ पहिले देखि मार्च ८ मनाउने गरिएको भए पनि नेपालमा भने मनाउन थालिएको धेरै भएको छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने महिला हिंसा नियन्त्रणको लागि बिगत देखि नै कानुनी तथा सस्थागत पहलकदमी हुँदै आएको छ । नेपालको पहिलो लिखित कानुनि ऐन १९१० ले जिउ मास्ने बेच्ने, आशय करणी, सति प्रथा जन्य, हाडनाता, जबरजस्ती, करणी आसयको हातपात जस्ता बिषयलाई समेट्नु त्यो समयको उच्चतम प्रगतिशिल ब्यबस्था थियो । त्यसपछि २०२० को सुधारिएको मुलुकी ऐन, विभिन्न बिषय गत कानुन, र फौजदारी कानुनको ब्यबस्थाले महिला हिंसा नियन्त्रणमा महत्व पुर्ण भुमिका खेल्दा खेल्दै पनि पुर्णता भने पाउन सकेको छैन ।

हरेक वर्ष जस्तै यो वर्ष पनि सबै जना साथ भएर नारी प्रतिको पुर्वाग्रह तोड्ने र समानताको आवाज बुलन्द बनाउने आग्रहका साथ “Gender equality today for a sustainable tomorrow” भन्ने नाराका साथ बिश्वभर 2022 को नारी दिवस मनाईदै छ । त्यसो त महिलाको सुरक्षा, सम्मान र रोजगार सहितको समानता र महिला समृद्धिको लागि नेपालमा पनि प्रत्यक बर्ष नारी दिवस मनाउने गरिएको छ।

समाज, समुदाय अनि देशको अपरिहार्य मुख्य शक्ति, मन वचन र कर्मको महानतम उदाहरण हुन नारी । आमाको न्यानो काख, दिदी बहिनिको स्नेह, अनि मायालुको माया यस्तै यस्तै प्रगाडताले नै एउटा पुरुष चलाएमान् बनिरहेको छ अनि जीवन पुर्ण बनिरहेको छ । तर पनि अझै विश्वव्यापी रुपमा नै लैङ्गिक समानताको अभियान नारामै सिमित भैरहेको छ । विकशित भनिएका मुलुकमा समेत नारी उत्पिडन र असमानताका घटनाहरु देखिरहेका छन् ।

यस बीच नेपालले नारी हकहित र अधिकारको केही प्रत्याभुती त दिलाएको छ तर पुर्ण भने छैन । सरसर्ती हेर्द धेरै कुराहरु कागजी रुपमा सिमित भए पनि महिलालाई अधिकार दिने कुरामा नेपालले अरु देशभन्दा अग्रगामी छलाङ मारेको मान्न सकिन्छ । राष्ट्रपतिदेखि लिएर सभामुख, प्रधानन्यायाधीश र देशका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाहरु पुगिसकेका छन् । यो हाम्रो विशेष उपलब्धि हो ।

तथापी यसलाइ नै पुर्णता मान्न भने हुदैन । अझै पनि अधिकांश नेपाली महिलाहरूका लागि महिला समानता र हक अधिकारका कुराहरु कागजमा सीमित रहेका छन् । कमजोर कानुनी व्यवस्था अनि पैतृक लैङ्गिक सम्रचनात्मक सामाजिक व्यवस्थाका कारण दैनिक जसो महिला हिंसाका घटनाहरु सार्वजनिक भैरहेका छन् । केही घटनाले कानुनी न्याय पाए पनि अधिकांश घटनाहरु घर, समाज र समुदाय भित्रै दबिने गरेका छन । जुन अत्यन्त गम्भीर पक्ष हो ।

महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले जति नै महिला अधिकारको पैरवी गर्दै, सफलता हासिल गर्‍यौ भने पनि वास्तविकता धेरै फरक छ । एउटै आकाशमुनि बस्नेहरु प्रत्येकको वास्तविकता यहाँ फरक-फरक छ आखिर किन ? समाजमा व्यप्त आतिवादी सोच र धार्मिक संकीर्णताका कारण आजको अत्याधुनिक युगमा समेत एउटा महिलालाई मलमुत्र खुवाईन्छ, निरिहता पुर्वक कुटपिट गारिन्छ, तेजाब आक्रमण गतिन्छ अनि वाध्य पारिन्छ लक्ष्मी रुपि एउटी महिला समाजमा अपमानित हुन । भनिन्छ जहाँ नारी पुजिन्छ, त्यहा देवताको बाँस हुन्छ तर तिनै भगवान रुपी नारीको अस्मिता लुटिएकै छ, आसुले मुहार रुझेकै छ ।

पछिल्लो ताजा उदाहरण लिने हो भने आफ्नो छुट्टै उचाइ बनाईसकेका कलाकार र गायिका प्रकरणले नेपाली समुदाय र समाजलाई नै तरङ्गित बनाएको छ । एक नाबालिग गायिका संगको जबरजस्ती करणी आरोप लगेका फिल्मी स्टार प्रहरि हिरासतमा छन । ५ दिन पहिला मात्र एउटि १२ बर्षिय बालिकाको बलात्कार पछि हत्याको घटना बाहिर आयो । भर्खरै मात्र अर्घाखाँचीमा शिक्षकबाट बिद्यार्थी बलात्कारको घटना बाहिर अयो भने भक्तपुरमा महिला माथि तेजाब आक्रमण र सिराहामा बिहे गरेको एक महिनामा श्रीमतिको हत्याको घटना बाहिर आएको छ । यी त केही उदाहरण हुन प्रत्यक हप्ता प्रत्यक महिना यी र यस्तै महिला हिंसाका घटना बाहिर आईरहेकै छन ।

त्यसो त महिला हिंसाका कतिपय घटना अदालती प्रक्रियामा रहेको समयमा समेत पिडक भनिएका कै पक्षमा आवाज बुलन्द हुनुले मनसिक रुपमा हामी कति कमजोर छौँ भन्ने यथार्थता देखाउछ । पछिल्लो समय बलात्कारका आरोपित भनिएकाको पक्षमा उर्लिएको भीडको मानसिकता पनि यही हो । यस्ता संबेदनसिल विषयमा समेत हामी धैर्यता गर्न सक्दैनौ भने अपराधी नहौसिने कुरै छैन । महिलाको हकमा महिला नै अपराधिको साथ दिन पछि पर्दैनन् ।

हामी भन्ने गर्छौ मान्छे शिक्षित भए भने यस्ता घटना आफैं कम हुन्छन् । तर शिक्षाले मात्र मानिसलाई चेतनशील नबनाउँदो रहेछ । चेतना र शिक्षा फरक कुरा रहेछ । नभए हेर्नुस त अहिले ती फिल्मी स्टारको पक्षमा उर्लिएका तथाकथित सेलिब्रिटी र केही महिला अधिकार कर्मीहरु समेतको भिड । न्यायिक प्रक्रियालाई समेत प्रभाव पार्न सक्ने यस्ता गतिबिधी हुनु के जायज होर ? भलै अपराध हो होईन प्रहरी र न्यायलयले निचोड निकल्ला । प्रहरीको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७७ साउनदेखि २०७८ असारसम्मको अवधिमा ११ देखि १८ वर्ष उमेर समुहका मात्र एक हजार ८५३ बालिकामाथि बलात्कारको शिकार भएका छन् ! यो उमेर समूह अत्यन्तै जोखिममा रहेको र तथ्यांकले समेत यस्तो देखिएकाले राज्यले १८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि बलात्कार मानिने कानुन बनेको हो । सो उमेर समुह बाहिरको तथ्यांक उस्तै छ । अझ कहाली लाग्दो त यो ५ बर्षको अवधिमा ३० भन्दा बढि जनप्रतिनिधी समेत करणी उद्ध्योगमा दोशी ठहरिए । यस्तो अवस्थामा हामी हामी भने बलात्कार जस्तो जघन्य अपराधलाई समेत अति नै सामान्यीकरण गरिरहेका छौं । त्यो पनि जबसम्म आफ्नामाथि यस्तो दुर्घटना नपरेसम्म । भोलि आफ्नै छोरी, दिदीबहिनीमाथि यस्तो घटना भयो भने कुन मुखले अन्याय भयो भनेर बोल्ने हो भन्ने ठाउँ समेत हामीले राखेका छैनौं ।

एकातिर महिल हिंसाले सिमा नघेको छ अर्को तिर नारी दिवस मनाईरहेका छौं । आजको दिनमा हामी एकातिर तारे होटेलमा मार्च ८ धुमधामले मनाइरहेका हुन्छौ एर्कोतिर सडकमा बसेर मकै पोल्नेदेखि चिया बच्ने महिलाहरुलाई मार्च ८ आएको-गएको पत्तो हुँदैन । तर उनीहरूको नाम बचेर अर्को कुनै पक्षले महलसम्मको यात्रा तय गरिसकेको हुन्छ । आखिर समानता भित्र असमानताको यो खाडल किन ? ती मकै पोल्ने, चिया बेच्ने, डोकोमा साग बेच्दै हिड्ने महिलाहरुलाई कहिल्यै नारी दिवस आउँदैन । कयौं आमा, दिदिबहिनिहरु यस्तै यस्तै काम गर्दा गर्दै आर्यघाटको यात्रा तय गर्न वाध्य भैसके तर यस्तो वास्तविकता बारे न महिला अधिकारकर्मीहरुलाई केही थाहा हुन्छ न सरोकारवालाहरुलाई नै यस प्रति चासो हुन्छ । एकदिन आवाज दियो एक वर्ष भुमिगत आखिर अर्थ के रह्यो नारी दिवसको ?

संयुक्त राष्ट्रसंघले समय समयमा जारी गर्ने विज्ञप्ती हेर्ने हो भने बिश्वमा कुनै देश, क्षत्र र समाज सस्कृती छैन जहाँ महिला हिंसा नहोस अनि महिलाको स्वतन्त्रता सुनिश्चित गरियोस । मात्र स्वरुप अनि नाम फरक होला हिंसा सबै ठाउमा उस्तै छ । महानताकी खानी नारी शक्ति । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ हरेक कोसिस सार्थक बन्न सक्छ भनिन्छ । हामीकहाँ अपेक्षा अनुरुप नारी हक, अधिकार र नारी आवाजको प्रत्याभूत हुन सकेको छैन । केही परिवर्तन पक्कै भएको छ तर पर्याप्त छैन । आजको नारी हरेक पक्षको नेतृत्व गर्न सक्ने हैसियतमा पुगिसकेका छन्, हरेक संभावनालाई मुर्तरुप दिने शक्ति नारीमै देख्न सकिरहेका छौ । परिवार, समाज, समुदाय र राष्ट्र परिवर्तनको एक ज्योति नारी शक्तिको आवाज बुलन्द गर्न पछि नपरौ । समानताको बिगुल हामीले नै फुक्नु छ जहाँ हरेक अफ्ट्याराहरुलाई संभावनामा परिणत गर्न सकियोस ।

त्यसो त ब्यक्ती र राज्यबाट गरिने महिला हिंसाका प्रकृति फरक छन । ब्यक्तिले गरेका हिंसाहरुमा बलात्कार, घरेलु हिंसा, एसिड आक्रमण, योन उत्पिडन, जबरजस्ती करणी, महिला शिशु हत्या, दाइजो प्रकरण, जबर्जस्ती बिबाह आदि हुन भने अन्यबाट गरिनेमा कार्यलयका महिला सहपाठि माथी हुने हिंसा, बलात्कार, द्वन्द्वको समयमा भएका योन दासत्त्व, सांगठनिक महिला हिंसा राज्यका हरेक पक्षम महिलको उचित पहुच नपुग्नु आदि छन ।

आज पनि हाम्रो समाजमा महिलाहरु महिला हिंसा, बोक्सीको आरोप, बालविवाह, दाइजो, छाउपडी र बलात्कार जस्ता अपराधको शिकार भइरहेका छन् । आफ्नै घरभित्र डर र त्रासको जिन्दगी बाच्न वाध्य छ्न् । दिनानु दिन सुनिने बलात्कार हत्या जस्ता घटनाले गर्दा छोरीहरुलाई एक्लै हिँड्न सक्ने अवस्था छैन । अबोध नानिहरुको दर्दनाक चीत्कार सुन्दा लाग्छ अझै पनि हामी बर्बर युगमा छौँ । हो हामी सक्षम छौ यी यावत समस्या रोक्न तर व्यवस्था यस्तो बनिदियो जहाँ पिडितले न्याय होईन पिडकले उन्मुक्ति पाउने अवस्था छ ।

कानुन कागजमा छ, तर व्यवहारिकता उल्टो बनिदिन्छ । यहाँ सम्मकी महिला जन्य क्रुर अपराधमा समेत राजनितिको फोहोरी खेल हाबी बनिदिन्छ । अनि भन्न वाध्य हुनुपर्छ कानूनको अँखा बन्द छ । तर अब त्यो अवस्था नआओस्। म चाहन्छु महिलालाई खेलौनाको रुपमा नहेरियोस अनि बंसजको आधार मात्र नमानियोस्, यौनको प्यास बुझाउने साधनको रुपमा नहेरियोस अनि उनिहरुको स्वतन्त्रतालाई बन्देज लगाएर आफूलाई महान ठान्न कष्ट नगरियोस् ।

सुरुवात गरौं सोच परिवर्तनको, प्रयास गरौं महिला सचेतना र जागरुकताको लागी । जबसम्म महिला प्रति हेर्ने हाम्रो अनि हाम्रो समाजको दृष्टिकोणमा परिवर्तन हुँदैन, तवसम्म महिलाहरु पीडित भईनै रहन्छन । समान हक र अधिकारका भागिदार महिला पनि उत्तिकै हुन् जति पुरुष छन् भन्ने कुरालाई सामाजिक, सांस्कृतिक, लैङ्गिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याइँ गरौं ताकी गर्वका साथ भन्न सकियोस महिला अधिकार र समानताको लागि हामी संसारको लागि उदाहरणिय छौं ।

दिवस अनि नारा भनाईमा सिमित होईन व्यवहारमा लागू हुनु जरुरी छ । अधिकारको नाममा कुनै एनजिओ आईएनजिओको सिकार हुने होईन । दुर दराजलाई आत्मामा राखौं, कर्णाली, सुदूरका महिलाको वास्तविकता बुझ्ने कोसिस गरौं अनि हुनेछ पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका महिलाहरुको अधिकारमा समान पहुँच ।

हामी सबैले संकल्प गरौं जिवनमा स्नेह अनि ममताको वर्षा गराउने सर्व शक्ति रुपि नारीको सम्मान अनि हक अधिकारको प्रत्याभुतिको लागि । नारीको लागि नारीले मात्र आवाज बुलन्द गर्नुपर्छ भन्ने होईन आफ्नो दिदिबहिनिको समानताको लागि अनि सुरक्षित महसुसको हक अधिकारको लागि पुरुष भुमिका अझै महत्वपूर्ण बन्न सक्छ । समान अधिकारको मतलब नारी पुरुष बीचको टक्कर होईन हाम्रो सामाजिक संरचनाले तोकिदिएको बिरोधाभाष पुर्ण सामाजिक सिमा र गतिबिधी संगै असमानताको दुरिको पर्दा हटाउने कोसिस हो । यसका लागि नव पुस्ताका महिला वा पुरुष दुबैको भुमिका उत्तिकै महत्वपूर्ण छ ।

त्यसैले नारी र पुरुषले आफुलाई समान रुपमा सम्मानका साथ आत्मसाथ गरौं, समानतालाई सहयोग र सहकार्यमा रुपान्तरण गरौ, लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य रोजगारी लगाएत सार्वजनिक सेवा सुबिधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित गर्न पहल गरौं । उत्कृष्ट संविधान भनिरहदा त्यसले व्यवस्स्था गरे अनुरुप राजनितिक तथा हरेक सार्वजनिक निकाएमा महिलाहरुको समानुपातिक सहभागिता प्राप्तीको लागि कार्यन्वयन तहलाई नै जागरुक गराउन पहल गरौं ।

समग्रमा संविधानले आत्मसात गरेको संकल्प साकार पार्न महिला र पुरुष बीचको बिद्यमान आर्थिक, सामाजिक, सास्कृतिक तथा लैङ्गिक विभेद हटाउन व्यक्ती, परिवार, समाज, समुदाय, विभिन्न संघसंस्था अनि राज्यका सबै निकायहरु अग्रसर बनौं । हाम्रो घर परिवार, समाज र समुदयमा अझै पनि छोरिमाथिको नियन्त्रणको दायरा कसिलो छ । आखिर किन त ? अझै किन बृहत्तर सोचले स्थान पाउन सकेन त ?नागरिक चेतनामा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो सस्कार र सस्कृती,कानुनी ब्यबस्थाको उचित कार्यान्वयन हुन नसक्नु , अपराधिलाई कडा सजाय नहुनु अनि विभिन्न शक्ति र पहुचको आधारमा उन्मुक्ती दिनुले महिला जन्य हिंसालाई प्रेरित गरिरहेको छ ।

अबको समय भनेको यी यावत कुरा हरुलाई अन्त गर्न सबै पक्ष एक हुनु पर्ने हो । यसको लागि हामी पुरुषले आफू पुरुष भएर होईन कसैको बुबा, दाजु भाइ अनि कसैको जीवन साथि भएर सोच्नु आवश्यक छ । हामिले प्रत्यक महिलालाई हेर्ने नजर आफ्नै घरको दिदी बहिनी भाउजू बुहारी सरह हुनु पर्छ । जसरी अफ्नो छोरी, दिदी, बैनी को स्वतन्त्रता अमुल्य छ त्यसै गरि त्यसै गरि हरेक चेलिको स्वतन्त्रता उसको परिवारको लागि उत्तिकै महत्वपुर्ण हुन्छ भन्ने महसुस गर्न सक्नुपर्छ । अर्को तर्फ पत्यक घरका महिलाले पनि आफ्नो छोरा, दाजु भाइ, भतिजहरुको कारण कुनै महिला हिंसामा त परेको छैन भन्ने कुराको सधै ख्याल राख्नु पर्दछ ।

समग्रमा हामी पुरुष तथा महिला दुबैले पुरुष र महिला भएर होइन एउटा राम्रो मनिस भएर हिंसा जन्य गतिबिधिलाई नियन्त्रण गर्न लागि पर्नु पर्ने देखिन्छ। महिला समानता, सहभागीता र सशक्तीकरणको सवाल केवल महिलाको मात्र मुद्दा नभै महिला र पुरुस दुबैको सकृय भुमिका बन्नु पर्ने बिषय हो । बर्षमा एक दिन मनाईने नारी दिवसले समेटेको महिला बिरुद्ध हुने सबै प्रकारको हिंसा , विभेद र समाजमा बिद्यामान बिकृत प्रथा र परम्परालाई निर्मुल पार्दै समानता र न्याय सुनिस्चितताको लागि अग्रसर हुन प्रत्यक दिन आजकै जसरी लागि पर्नु आवश्यक छ ।