प्रहरी हौं भन्दै लुटपाट गर्ने धादिङका शंकर रेग्मी सहित ८ जना पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २०, २०७८

धादिङ । हामी प्रहरी हौं, तपाईँको पसलमा अवैध औषधी बिक्री वितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले धादिङका शंकर रेग्मी सहित ८ जना पक्राउ गरेको छ ।

काठमाडौं स्थित नँयाबजार स्थित समृद्ध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौं भन्दै पसल लुटपाट गरेको पाईएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ धुनीबेसी ३ का ३० वर्षिय शंकर रेग्मी, जुम्ला गुठीचौर ५ का २६ वर्षिय देबि प्रसाद धिताल, डडेल्धुरा महाकाली २ का २८ वर्षिय हिक्मत महता, कन्चनपुर सुक्लाफाँटा ४ झलारीका २७ वर्षिय सुबाष रतोकी, पाँचथर याङ्गक ८ च्याङ्थापुका २३ वर्षिय लिम्बु भन्ने भविन्द्र बेगा, दैलेख नौमुले ५ सल्लेरीका जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखि ६ का २१ वर्षिय भिटेन, संगित थापा भन्ने कमल सुनार रहेका छन् ।

उनीहरुको साथबाट मोवाईल ११ थान, घडी १ थान, नगरिता प्रमाण पत्र १ थान, एटीएम कार्ड ५ थान र चेक २ थान बरामद भएको समेत प्रहरीले जनाएको छ ।