गजुरी आएर बुद्धिमान तामाङ भने एमसीसी नेपालका लागि घातक छ

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १४, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्व मन्त्री बुद्धिमान तामाङले एमसीसी कुनै पनि हालतमा पास गर्न दिन नहुने बताएका छन् ।

धादिङ गजुरीमा आयोजित राप्रप्रा क्षेत्र नम्बर १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष तामाङले एमसीसी पास गर्न दिन हुँदैन पास गर्ने खेल हुँदैछ त्यसका लागि जनताहरु एकजुट हुनु पर्ने बताएका हुन् ।

केहि सत्तासिन ठुला दलहरु अहिले सडकमा देखिए पनि सरकारबाट हट्नु पर्ने डरले पास गराउने आन्तरिक तयारीमा रहेको तर कार्यकर्ताको दवावमा परेर बाहिर भन्ने आट नगरेको समेत उनले आरोप लगाए ।

सबै पार्टीका कार्यकर्ताहरु एमसीसी विरुद्ध फेरी एक पटक एकजुट बनौं, पास गर्न नदिऔं यो नेपाल र नेपालीको रक्षार्थ हुने तामाङले बताए ।