
धादिङ । नेवार समुदायको स्वतन्त्र सस्था नेवा: देय दबु जिल्ला कार्यसमिति धादिङको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेश गल्छी गाउँपालिकाको महेश दोभानमा सुरुभएको छ ।
नेवार समुदायको भाषा संस्कृति, रिति रिजावको संरक्षण तथा अधिकार सुनिश्चितको लागि गठन भएको यस संस्था केन्द्र देखि जिल्ला हुँदै पालिका स्तरमा समेत नेवा: देय दबु गठन हुन थालेको छ ।
आज महेश देभानमा सुरु भएको नेवा: देय दबु जिल्ला कार्य समितिको धादिङको अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षता तथा नेवा: देय दबुको केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको प्रमुख आतिथ्यता, गल्छी गाउँपालिका प्रमुख कृष्णहरि श्रेष्ठ र नेत्रावती गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्य अतिथ्यामा रहेको छ ।
जिल्लाका सबै गाउँपालिकाको प्रतिनिधिहरुको उपस्थिति रहेको छ अधिबेशनले कार्यक्रममा प्रस्तुत सम्पुर्ण प्रतिबेदन माथी छलफल सहित १५-२९ जनाको जिल्ला कार्यसमिती ५ जनाको प्रदेश प्रतिनिधि ५ जनाको केन्द्रीय प्रतिनिधि निर्वाचित गर्ने सन्जु श्रेष्ठले धादिङपोष्टलाई जनाए ।
