
धादिङ । माओवादी केन्द्र धादिङका ६ नेताहरु बागमती प्रदेश सचिवालयमा मनोनित भएका छन् ।
काठमाडौंमा दुई दिन सम्म चलेको माओवादी केन्द्र बागमती प्रदेशको बैठकले धादिङका ६ जना नेताहरुलाई सचिवालयमा लगेको हो ।
मंसिर अन्तिम साता सम्पन्न माओवादी केन्द्र बागमती प्रदेशको कार्यसमितिमा धादिङबाट २२ जना चयन भएका थिए । उक्त बागमतीको सम्मेलनमा धादिङबाट ५९ जना प्रतीनीधि सहभागि थिए ।
यी हुन् प्रदेश सचिवालयमा पर्ने धादिङका ६ नेता
१. मनराज भण्डारी, शैलेस
२. दिपक लामिछाने, सुवोध
३. हरि अधिकारी, आशिष
४. कृष्ण थपलिया, विवेक
५. दिपक दिश्वकर्मा
६. लक्ष्मी थापामगर
