सिन्धुली । आफैले बोकेको भरुवा बन्दुक पड्केर सिन्धुलीको तीनपाटन गाउँपालिका–९ बोकेलप्सीका २२ वर्षीय दिलबहादुर क्याप्छाकीको मुत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको जंगलमा भरुवा बन्दुक लिएर सिकार खेल्न गएका क्याप्छाकीको आफ्नै बन्दुक प्रहारबाट मृत्यु भएको हो वा अरुले प्रहार गर्दा मृत्यु भएको भन्नेबारे यकिन नभइसकेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले बताए ।
कालिज, मृग, घोरल, बँदेल, दुम्सी लगायत जंगली जनावरको सिकारमा भरुवा बन्दुकको प्रयोग बढ्दै गएको स्थानीयहरू बताउँछन् ।