कांग्रेस धादिङको गृहमन्त्रीलाई बुढीगण्डकी आयोजना बारे १० बुँदे ध्यानकर्षण

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७८

धादिङ । नेपाली कांग्रेस धादिङले राष्ट्रिय गौरव बुढीगण्डकी जलविद्युत आयोजनाकलाई छिटो सम्पन्न गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

के छ ? कांग्रेस धादिङको १० बुँदे ध्यानाकर्षण पत्रमा
१. आयोजना नेपाली लगानीमा निर्माण गर्ने सुनिश्चितता गरियोस् ।
२. आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरियोस् ।
३. आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुनर्वासको व्यवस्था अविलम्ब गरियोस् ।
४. जग्गाजमीन, घरगोठ, टहरा, बोटबिरुवा, फलफूलको वैज्ञानिक र न्यायोचित मुआब्जाको दररेट निर्धारण गरियोस् ।
५. वि.सं. २०७२ चैत २० गते जग्गाको मुआब्जा निर्धारण हुँदा १० रोपनीभन्दा कम जग्गा भएकोलाई १० प्रतिशत र ५ रोपनीभन्दा कम जग्गा भएकोलाई १५ प्रतिशत थप मुआब्जा दिने निर्णय भएको तर कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस् ।


६. जग्गाको मुआब्जा निर्धारण गर्दा गोरखा जिल्ला र धादिङ जिल्लाका बीचमा जसरी असमान ढंगबाट मुआब्जा निर्धारण गरियो, त्यसरी नै अहिले घर-गोठ तथा टहराको मुआब्जा निर्धारण गर्दा पनि दुई जिल्लाका बीचमा असमान दररेट कायम गर्न लागिएको जानकारीमा आएकाले उक्त दररेट गोरखा जिल्ला र धादिङ जिल्लामा कुनै पनि फरकपन नहुनेगरी दररेटमा एकरूपता कायम गरियोस् ।
७. धादिङको पुरानो ऐतिहासिक, व्यापारिक केन्द्र आरुघाट तथा खहरे बजारका प्रभावित व्यवसायीहरूको व्यापारिक ख्याति एवम् जीविकोपार्जनलाई सहयोग पुग्ने प्याकेज ल्याइयोस् ।

८. वि. सं. २०६९ पछि ३ पुस्ताभित्र भएको तथा शेषपछि नामसारी अंशवण्डा भएको जग्गाका हकमा काटिएको २.५ प्रतिशत र सोभन्दा बढी लाभकर रकम फिर्ता गरियोस् ।
९. फिल्डबुकमा भएको तथा पुर्जा नभएको जग्गाको नीतिगत रूपमा व्यवस्था गरी मुआब्जाको व्यवस्था गरियोस् ।
१०. लामो समय अगाडिदेखि सार्वजनिक जग्गामा बनाइएको घरगोठ तथा टहराको मूल्यांकन गरी मुआब्जा वितरण गरियोस् ।