धादिङका २ जना बन्दीले पाए सजाय माफी

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ८, २०७८

धादिङ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङका २ जना बन्दी पनि परेका छन् ।

जिल्ला कारागार शाखा धादिङका प्रमुख नइन्द्रकमार पौडेलका अनुसार धादिङबाट ५ जना बन्दीहरु कैद सजाय मिनाहाको लागि पठाईए पनि ३ जनाको डकुमेन्ट पठाउँदा नागरिकता छुट भएकोले २ जनाको मात्रै कैद सजाय मिनाहा भएको छ ।

कैद सजाय माफी पाउनेमा धादिङबाट १ महिला र एक पुरुष छन् भने, डकुमेन्ट मा नागरिकताको प्रतिलिपि पेस नभएकै कारण कैद सजाय मिनाहामा नपरेका अन्य ३ जना विगत १४ वर्ष देखि कारागारमा छन् ।