जनताको साथी, घर-घरमा माओवादी, अभियान चल्ने

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले संगठन सुदृढिकरणका लागि ‘जनताको साथी, घर-घरमा माओवादी’ भन्ने अभियान सुरु गरेको छ ।

नेकपा माओवादी केन्द्र दोलखाले फागुन ९ गतेदेखि फागुन २४ गतेसम्म एकैसाथ जिल्लाभर यो अभियान चलाउने जिल्ला संयोजक कुलवहादुर बुढाथोकीले बताए ।

संयोजक बुढाथोकीका अनुसार यो अभियानमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति, पालिका र वडास्तरको कमिटीका तथा जनवर्गीय संगठनका नेता कार्यकर्ता परिचालित हुनेछन् ।