धादिङ । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल धादिङ र विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङले शुक्रबार साँझ धादिङबेसीमा एमसीसी विरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् ।
राँके जुलुस धादिङबेसी बीचबजारबाट सुरुभएको थियो भने, पुच्छर चोकमा पुगेर कोणसभा गर्दै सकिएको थियो ।
कोण सभापमा नेकपा माओवादी केन्द्र निलकण्ठ नगर कमिटिका अध्यक्ष शम्भु श्रेष्ठ र अनेरास्ववियु बिद्यार्थीका गणेश श्रेष्ठ एमसीसी नेपालको हितमा नभएकोले यसको विरुद्ध सबै जनता एकजुट हुनुपर्ने बताएका थिए ।