धादिङ । बस चालक धादिङ सिद्धलेक गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई प्रहरीले धादिङबेसीबाट पक्राउ गरेको छ ।
प्रहरीले थपलिया सँगै बागमती प्रदेश ०१९००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस समेत नियन्त्रणमा लिईएको जनाएको छ । बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिँदा दुवै घाइते भएका थिए । उपचारको लागि उनीहरुलाई जनमैत्री अस्पताल बालाजु पुर्याइएको थियो। तर जनमैत्रीबाट रिफर गरेर विहान साढे ६ बजेको समयमा शिक्षण अस्पताल महाराजगञ्ज पठाइए उपचारको क्रममा दुवै घाइतेहरुको मृत्यु भएको थियो ।