
नुवाकोट । नेकपा एमाले निकट प्रेस चौतारी नुवाकोटको छैठौं जिल्ला अधिवेशनबाट नवदिप अजनवी अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा श्रीराम अधिकारी, महिला उपाध्यक्ष शुशिला लामिछाने, सचिव सुनिल श्रेष्ठ, सहसचिव पुजा तामाङ र कृष्ण अधिकारी कोषाध्यक्षमा केदार ढकाल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण ढुङ्गाना, किशोर ओली, लोकबहादुर पुडासैनी, सगीता लामिछानेलाई चयन गरेको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज बिन्दा ढुंगाना प्रमुख अतिथी रहेको चौतारीको कार्यक्रममा केन्द्रीय उपमहासचिव हिरामान लामा र एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली बिशेष अतिथी थिए ।