बैकिङ कसुरमा मोहन बहादुर तामाङ पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७८

दोलखा । काठमाण्डौ जिल्ला अदालतको पत्रले वादी नेपाल सरकार प्रतिवादी सुमन कार्की समेत भएको लिखत सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मोहन बहादुर तामाङ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत, पाटन ललितपुरको मिति २०७६ चैत्र ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी जिल्ला दोलखाका तामाङलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।

पक्राउ पछि आजै काठमाण्डौं जिल्ला अदालत पेश गरिएको जनाईएको छ ।