धादिङ सरुवा डा. गौतम असन्तुष्ट, नआउने संकेत

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३, २०७८

धादिङ । धादिङ सरुवा भए सँगै भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाउँदै धादिङ नआउने संकेत गरेकि छिन् ।

मन्त्रालय बागमती प्रदेश हेटौंडाले धादिङ जिल्ला अस्पतालका मेडिकल मेडिकल सुपरटेन्डेट डा. त्रिभूवनचन्द्र झालाई सिन्धुपाल्चोक अस्पताल सरुवा गरि भक्तपुर अस्पतालकी मेडिकल सुपरटेन्डेट डा. गौतमलाई धादिङ सरुवा गरेको थियो ।

सरुवाको विषयमा असन्तुष्टि जनाउँदै धादिङ सरुवामा आफुलाई मान्य नहुने बरु राजिनामा दिने डा. गौतमले बताएकी छिन् । माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ, तर तल्लो निकायमा गरिएको सरुवा गरेर मेरो अपमान गरिएको, उनको दावी छ ।

सरकारको मूल्याङ्कनमा ३८ अंक प्राप्त गरेको अस्पताललाई आफूले ८२ अंक आउने बनाएको र एउटा आइसीयू नभएको अस्पतालमा हाल ३६ शैयाको आइसीयु अस्पताल बनाउँदा पनि मूल्यांकन नभएको उनको गुनासो छ ।

‘देश र जनताको सेवा गर्न थालेको १४ वर्ष भयो, जसमा १२ वर्ष राजधानी बाहिरका जिल्लामा बसेर काम गरेँ, पहुँच हुने र भनसुन गर्नेलाई सधैँ सहज अनि हामी जस्ताको भने अवमूल्यन हुने ?’ डा. गौतमले आक्रोश छ ।