धादिङ अस्पतालको मेसु बनेर डा. सुमित्रा गौतम आउँदै

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १, २०७८

धादिङ । धादिङ जिल्ला अस्पतालका मेडिकल मेडिकल सुपरटेन्डेट डा त्रिभूवनचन्द्र झा सिन्धुपाल्चोक प्रदेश अस्पताल सरुवा भएका छन् । भने भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई धादिङ अस्पतालको मेसु बनेर आउने भएकी छिन् ।

बाग्मती प्रदेश स्वास्थ्य तथा नसंख्या मन्त्रालयको मन्त्री स्तरीय वैठकले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा. श्रीधर अर्याललाई दिएको छ । डा. अर्याल यस अघि भक्तपुर अस्पतालमा सर्जनको रुपमा कार्यरत थिए ।

बागमती प्रदेशले यस अघिको सरकारले राजनीतिक नियुक्ती गरेका सबै अस्पतलाका अध्यक्षहरुको नियुक्ती खारेज गरि सकेको छ, भने नयाँ अध्यक्ष नियुक्त गरि सकेको छैन ।