राप्रपा धादिङको विज्ञप्ती, कमल थापाको पिछलग्गु हुँदैनौं

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले मंगलबार बिहानै प्रेस विज्ञप्ती जारी गर्दै राप्रपा धादिङका कुनै पनि साथीहरु गीता जस्तो पवित्र धार्मिक ग्रन्थको अवमुल्यन गर्ने विरुद्ध नलाग्ने जनाएको छ ।

विज्ञप्तीमा कमल थापाको नाम उल्लेख नगरिएपनि थापालाई नै इंकित गर्दै जिल्ला अध्यक्ष ध्रुव खनलाले गीता जस्तो पवित्र धार्मिक ग्रन्थको अवमुल्यन गर्ने विरुद्ध नलाग्ने बताएका हु्न् ।

अध्यक्ष खनालले विज्ञप्तीमा बैशाख ३० गते हुने निर्वाचनमा राप्रपाको चुनाव चिन्ह गाईमा मतदान गर्न समेत आग्रह गरेका छन् ।