
धादिङ । जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको वार्षिक कार्ययोजना अनुसार आईतबार र सोमबार गरी ७८ जनाले आँखाको रोगीहरुले आँखा अप्रेसन गराएका छन् ।
आईतबार २२ जना र सोमबार ५६ जना गरी दुई दिनमा ७८ जनाको मोतियाविन्दुको अप्रेसन गरिएको हो ।
मंगलबार पनि अप्रेशन कार्यक्रम रहेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले जनाएका छन् ।