
धादिङ । माओवादी केन्द्र धादिङले ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा फागुन १ गते धादिङबेसीमा रक्तदान गरिने जनाएको छ ।
२७ औं जनयुद्ध दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम फागुन १ गते बिहान साढें १० बजेबाट पार्टी कार्यालय परिसरमा सुरु हुने माओवादी केन्द्र धादिङले जनाएको छ ।