गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिन हिउँमा खेल्न गएका थिए उनीहरु सम्पर्क विहिन छन् ।
‘माघ २० गते खाना खाएर लाप्राकमा हिउँ खेल्न गएको परिवारले सूचना दिएको छ,’ ,‘प्रहरीलाई २३ गते जानकारी आयो, हिजोदेखि खोजी तीव्र पारेका छौं गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।’
स्थानीय र प्रहरीले आइतबार र सोमबार दिनभर लाप्राक क्षेत्रमा खोजी गरे पनि उनीहरूलाई फेला पार्न नसकेको बताईएको छ । ‘हिउँ खेल्न गएको भन्ने सूचनाको आधारमा लाप्राक क्षेत्रमा खोजी भइरहेको छ, आफन्त र चिनेजानेका व्यक्तिहरूकहाँ पुगे कि भन्ने तरिकाले पनि खोजी गरिरहेका छौं,’ डीएसपी दाहालले बताए ।