एसएलसी ग्रुपद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा

Avatar photo
Dhadingpost
सोमवार, माघ २४, २०७८

काभ्रे । काभ्रेको पनौतीस्थित पनौतीस्थित इन्द्रेश्वर माध्यमिक विद्यालयबाट २०४५ सालमा एसएलसी पास भएको ग्रुपले श्रीपञ्चमीको अवसरमा विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेको छ ।

सो विद्यालयमा अध्ययनरत २ सय २० विद्यार्थीलाई ट्रयाकसुट र स्वेटर वितरण गरेको सो विद्यालयबाट २०४५ सालमा एसएलसी पास गरेका विद्यार्थीहरुले जनाएका छन् ।

२०४५ को ब्याजी जयालक्ष्मी कोख श्रेष्ठले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
२ वर्ष अघि संगठित सहपाठीहरूले विद्यालयमा सरस्वतीको प्रतिमासमेत स्थापना गरेका थिए । यस ग्रुपमार्फत विभिन्न सामाजिक कार्य गर्ने र साथीहरूबीच भाइचारा कायम गर्ने उद्धेश्य रहेको लक्ष्मी दाहालले बताइन् ।