राप्रपाको धादिङ-काठमाडौं सम्पर्क समाजको अध्यक्षमा सो बहादुर तामाङ चयन

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७८

धादिङ । धादिङ जिल्लाबाट काठमाडौं गई स्थायीरुपमा बसोबास, विभिन्न ब्यापार ब्याबसाय र रोजगारी गर्नेहरुको राप्रपा निकट धादिङ काठमाडौं सम्पर्क समाजको अध्यक्षमा सो बहादुर तामाङ चयन भएका छन् ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिन्देन प्रमुख आतिथ्यतामा भएको धादिङ काठमाडौं सम्पर्क समाजको कार्यसमिति पुर्नगठन भेलाले सो बहादुर तामाङको अध्यक्षमा ३८ जनाको कार्यसमिति र १५ जनाको सल्हाकार समिति गठन गरेको हो ।

नव गठिन कार्य समितिको उपाध्यक्षमा नेत्रावती डवजोङबाट अर्जुन कुमार श्रेष्ठ, खनीयाबासबाट महिला उपाध्यक्ष सुनिला तामाङ, रुबिभ्यालीबाट फिलिङ तामाङ र मम गुरुङ चयन भएका छन् । अन्य पदाधिकारीहरु कार्य समितिको वैठकले निर्णय गर्ने बताईएको छ ।

यस्तै सदस्यहरुमा धुनेबेसीबाट हरि लामा, मिन बहादुर अधिकारी र कृष्ण पाण्डे, थाक्रेबाट प्रविन पन्त, राम बहादुर तामाङ, गल्छीबाट अमर परियार, अशोक खनाल र बिक्रम सिजापति, गजुरीबाट समिर उप्रेती र सन्तोष श्रेष्ठ, बेनिघाट रोराङबाट महेश पाठक, सिद्धलेकबाट कल्पना थपलिया, नीलकण्ठबाट गोमा कुमारी लामिछाने र उज्वल धमला, नेत्रावती डवजोङबाट रुपक अधिकारी, त्रीपुरासुन्दरीबाट मानित आले, कमल प्रसाद दनै, धन सिंखडा, र बिमला सिंखडा रहेको छन् ।

त्यसैगरी खानियावासबाट सन्तोष तामाङ, रेशम तामाङ, र दुर्गा बहादुर तामाङ, गंगाजमुनाबाट लाल बहादुर तामाङ, गणेश बहादुर गुरुङ, सत्यनारायण केपी ढकाल र रबिजंग पौडेल, रुबिभ्यालीबाट डेन्मा तामाङ, कुल बहादुर तामाङ, सन्तोष लामा, सुजन घले र बुधु लामा तामाङ रहेका छन् ।

उक्त भेलामा राप्रपाका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री बुद्धिमान तामाङ, केन्द्रिय सदस्य ठाकुर शर्मा, धादिंग जिल्ला अध्यक्ष ध्रुब खनाल लगायत लगायतको आतिथ्यता रहेको थियो ।

भेलाले परशुराम तामाङ, सुर्य तामाङ, डम्बर तामाङ, सिलाल तामाङ, नारायण प्रसाद श्रेष्ठ, श्याम लामा, राम प्रसाद सिम्खडा, ध्रुब बिक्रम मल्ल, हरि भण्डारी, बिष्णु प्रसाद धमला (नवराज), राजन सेढाई, गीता प्रसाद आचार्य, प्रविन शर्मा, सहदेव भारती, गणेश प्रसाद रिमाल रहेको सल्हाकार समिति समेत गठन गरेको छ ।