खाल्डोमा परी बालिकाको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७८

नुवाकोट । विदुर नगरपालिका ६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगमा कार्यरत रतन महराकी ४ वर्षीया छोरी कृतिको शनिबार खाल्डोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाही बरथहवा नगरपालिका १५ स्थायी घर भई जालपाभैरवी इँटा उद्योगमा कार्यरत रतन महराकी छोरी कृतिको इँटा खाल्डोमा जमेको पानीमा डुबेकी र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।