धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले विपदमा परेकालाई कसरी उद्दार भन्ने अभ्यास गरिएको जनाएको छ ।
धादिङबेसी स्थित कार्यालयको प्राङ्गणमा प्र.अ. तथा जवानहरु समेत गरी १८ जनाको टोलीलाई विपदमा परेका ब्यक्तिहरुलाई उद्दार गरी प्राथमिक उपचार पश्चात नजिकको स्वास्थ्य केन्द्र सम्म पुर्याउने र जनधनको क्षति कम गर्ने बिषयमा अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।