
धादिङ । धादिङबेसीस्थित New Kibou Boarding School मा आज Second Kibou Chess Meet सम्पन्न भएको छ । प्रतियोगितामा विद्यालयका विभिन्न तहका गरी जम्मा १०२ जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगिताअन्तर्गत Senior Level Boys (कक्षा ७–१०) तर्फ ५२ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कक्षा ८ का Unnab Duwadi प्रथम, कक्षा ८ का Jackson Tamang द्वितीय र कक्षा १० का Kushal Sapkota तृतीय भए ।
त्यस्तै Senior Level Girls (कक्षा ७–१०) तर्फ १२ जना विद्यार्थी सहभागी थिए। यस समूहमा कक्षा ८ की Panisha Gurung प्रथम, कक्षा ७ की Reedima Gurung द्वितीय र कक्षा ७ की Shristi Thapa Magar तृतीय हुन सफल भए ।
Junior Level (कक्षा ४–६) तर्फ छात्र तथा छात्राको संयुक्त प्रतिस्पर्धा गराइएको थियो । यस समूहमा ३८ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा कक्षा ५ का Dikshit Aryal प्रथम, कक्षा ५ का Naman Shrestha द्वितीय र कक्षा ६ का Vijan Adhikari तृतीय भए ।
प्रतियोगिताबारे विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै पाठ्यपुस्तकमा मात्र सीमित नभई विभिन्न अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको प्रतिभा र क्षमता उजागर गर्ने अवसर प्रदान गर्दै आएको बताए ।
उनले चेस खेलले विद्यार्थीलाई प्रतिस्पर्धा गर्न मात्र नभई सोचेर निर्णय गर्ने, धैर्य राख्ने, रणनीति बनाउने र आफ्नो निर्णयको परिणाम स्वीकार गर्ने संस्कार विकास गर्न सहयोग गर्ने बताए । Second Kibou Chess Meet मा विद्यार्थीहरूले देखाएको उत्साहले यस्ता गतिविधिलाई अझ व्यवस्थित र निरन्तर रूपमा अघि बढाउन प्रेरणा मिलेको उनको भनाइ थियो ।
खेलकुद शिक्षक बिनोद थापा मगरले चेसलाई बौद्धिक खेलका रूपमा मात्र नभई विद्यार्थीको व्यक्तित्व विकाससँग जोडिएको महत्वपूर्ण गतिविधिका रूपमा लिनुपर्ने बताए । प्रतियोगिताका क्रममा विद्यार्थीहरूले देखाएको अनुशासन, एकाग्रता र खेलभावना प्रशंसनीय रहेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले विद्यार्थीको रुचि, क्षमता र प्रतिभा पहिचान गरी त्यसलाई विकास गर्ने वातावरण सिर्जना गर्नु विद्यालयको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।
प्रतियोगिताको सफल आयोजनासँगै विद्यालयले विद्यार्थीमा लुकेका प्रतिभा पहिचान गर्दै उनीहरूलाई प्रतिस्पर्धात्मक र सिर्जनात्मक वातावरण उपलब्ध गराउने गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
