एमाले धादिङको जनवर्गिय संगठनहरुद्वारा स्थानिय तहको निर्वाचन मिति घोषणा गर्न माग

Avatar photo
Dhadingpost
माघ २०, २०७८

धादिङ । धादिङमा एमाले सम्बद्ध जनवर्गिय संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई तत्काल स्थानिय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।

एमाले धादिङका सात जनवर्गिय संगठनका प्रतिनिधिहरुले संयुक्त रुपमा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्रीलाई निर्वाचन आयोगले सिफासि ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको चरम मुल्यबृद्धि फिर्ता, रासायनिक मलको सहज आपुर्ती, जातिय छुवाछुतका घटनाहरुमा संलग्न दोषीलाई सजाय तथा पिडितलाई क्षतिपूर्ती दिन, बेमौषमी बर्षाका कारण क्षति पुगेका बालिको क्षतिपूर्ती दिन, भुमिहिन किसानलाई जमिन उपल्ब्ध गराउन, २४ लाख डोज कोरोनाबिरुद्धको खोपको खोजीकार्य अघि बढाई सार्वजनिकरण गर्न लगाएतको माग उल्लेख गरिएको छ ।