धादिङबेसीमा आगलागी, धुनीबेसीबाट दमकल ल्याईयो

Avatar photo
Dhadingpost
बिहिबार, माघ २०, २०७८

धादिङ । धादिङबेसी स्थित गणेशटोलमा रहेको कपास उद्योगमा लागेको आगो नियन्त्रणको लागि धुनीबेसी नगरपालिकाबाट दमकल ल्याउनु परेको थियो ।

गयराति धादिङ कपास प्रशोधन उद्योगमा आगोलागि हुँदा उद्योग पूर्णरुपमा क्षेतिभएको प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणका लागि नीलकण्ठ नगरपालिकाको दमकल विग्रिएकोले धसनीबेसी नगरपालिकाको दमकल ल्याईएको थियो ।

उद्योगको संचालक शंकर पौडेलका अनुसार आगलागीबाट करिव १४ लाख बारबरको क्षति भएको छ । यो उद्योगमा आगलागी भएको यो दोस्रो पटक हो ।