धादिङमा मालपोतको काम पालिका अनुसार आलो-पालोमा हुने

Avatar photo
Dhadingpost
सोमवार, माघ १७, २०७८

धादिङ । जिल्ला मालपोत कार्यालय धादिङले बार अनुसार पालिका छुट्टाएर सेवा प्रवाह गर्ने भएको छ ।

सोमबार एक सुचना प्रकाशन गर्दै डिसिएमसि धादिङको निर्णय अनुसार २० गते बिहीबारदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागिएको मालपोत धादिङले जनाएको हो ।

सेवा प्रवाह हुने स्थानिय तह र बार
नीलकण्ठ नगरपालिकाका लागि –आईतबार
धुनीबेशी नगरपालिकाका लागि –सोमबार
ज्वालामुखी र सिद्धलेक गाउँपालिकाका लागि मंगलबार बेनीघाटरोराङ र गजुरी गाउँपालिकाका लागि –बुधबार
थाक्रे र गल्छी गाउँपालिकाका लागि –बिहीबार
त्रिपुरासुन्दरी गाउँपालिकाको लागि –शुक्रबार
रुवीभ्याली, खनियाबास, नेत्रावती डबजोङ, गंगाजमुन गाउँपालिकाको हकमा –कार्यालय खुल्ने सबै बार