पात्लेमा जारी मानबहादुर कपको फाईनमा धादिङ र नुवाकोट भिड्ने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १४, २०७८

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा माघ ८ गते देखि जारी जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फाईनल खेल धादिङ र नुवाकोट बीच हुने भएको छ ।

आज भएको सेमिफाईलमा खेलमा म्याङ्गाङ युवा समाज नुवाकोटलाई पराजित गर्दै धादिङको डवजोङ क्षेत्र संरक्षण समाज सेमजोङ र सुर्योदय युवा क्लव धुवाकोटलाई हराउँदै तारकेश्वर दाङसिंङ युवा क्लव नुवाकोट फाईलन पुगे सँगै माघ १५ गते (भोली) यी दुई टिम बीच उपाधीको लागि भिडन्त हुने भएको हो ।

आज भएको पहिलो सेमिफाईनल खेलमा सुर्योदय युवा क्लव धुवाकोटलाई तारकेश्वर दाङसिंङ युवा क्लव नुवाकोटले २–३ को गोल अन्तरले हराउँदै फाईनल प्रवेस गरेको थियो भने, दोस्रो सेमिफाईनल खेलमा सेमजोङ र म्याङ्गाङ नुवाकोटले निर्धारित ६० मिनेटको खेलमा २-२ गोल गरे पछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा म्याङ्गाङको १ खेलाडीले हानेको बल पोष्ट बाहिर गएको थियो भने अर्का खेलाडीको बल सेमजोङका गोलकिपरले रोकेका थिए । यस्तै सेमजोङले भने दुबै पेनाल्टी गोलमा परिणत गर्दै फाईनल यात्रा सुनिश्चित गरेको थियो ।

जिल्लाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिएका थिए । भोली हुने फाईनल विजेता टिमले १ लाख २५ हजार, उप विजेता टिमले ६० हजार पुरस्कार पाउने छन् भने सेमिफाईनलमा रोकिएका म्याङ्गाङ नुवाकोट र सुर्योदय धुवाकोटले २०–२० हजार पाउने आयोजक संस्था विद्यार्थी उपकार संघ पात्लेका उपाध्यक्ष सुरेश तामाङले धादिङपोष्टलाई बताए ।

सेमजोङको टिमका खेलाडीहरु
लोप्साङ तामाङ
कालु तामाङ
विजेन्द्र तामाङ
बुद्ध तामाङ
सन्तलाल तामाङ
सोनम शेर्पा
राजिव मगर
सुमित तामाङ
श्रीकृष्ण तामाङ
सुरुज तामाङ
नुवाकोट दाङ्सिङका खेलाडीहरु
विष्णु केसी
सविन खड्का
यमन श्रेष्ठ
संजिव लामा
विकास लामा
संजोग महर्जन
कृसल खड्का
सुनिल मगर
प्रशान्त राजक
आशिस प्रजा

आठौं मानबहादुर मेमोरियल कपको खेल अपडेट
क्वाटर फाईनल खेलको नतिता
पाँचौं दिनको खेल अपडेट
चौंथो दिनको खेल अपडेट
तेस्रो दिनको खेल नतिजा
दोस्रो दिनको खेल नतिजा
पहिलो दिनको खेल नतिजा