धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जारी जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको सेमिफाईनल खेल शुक्रबार हुने भएको छ ।
कोरोना भाईरसको जोखिम न्यूनिकरणका लागि सेमीफाईनल खेलपनि विना दर्शक हुने आयोजक संस्था विद्यार्थी उपकार संघले जनाएको छ ।
यी हुन् क्वाटर फाईनल पार गर्दै सेमिफाईनल पुग्ने टिमहरु
आज भएको क्वाटर फाईनलको पहिलो खेलमा धादिङ फुटबल क्लव बी धादिङबेसीलाई हराउँदै तारकेश्वर दाङसिंङ युवा क्लव नुवाकोट सेमिफाईनल प्रवेस गरेको छ । दाङसिंङले डीएफसी बीलाई ० मा रोक्दै २ गोलको अन्तरले हराएको थियो ।
दोस्रो क्वाटर फाईनल खेलमा धादिङ फुटबल क्लव ए लाई सुर्योदय युवा क्लवले पेनाल्टीमा पराजित गर्दै सेमिफाईनल प्रबेस गरेको छ । निर्धारित ५० मिनेटको खेलमा ३–३ गोल भएपछि पेनाल्टी भएको यस खेलमा धादिङ फुटबल क्लवका दुई खेलाडी दिपक थापा र उर्गेन शेर्पाले पेनाल्टी हानेको बल सुर्योदयका गोल किपरले रोकेका थिए भने सेमिफाईनल यात्राका लागि सुर्योदयका खेलाडी बरुण थापा र अनिश तामाङले पेनाल्टी मार्फत गोल गरेका थिए ।
यस्तै आज भएको तेस्रो क्वाटर फाईनल खेलमा म्याङ्गाङ युवा समाज नुवाकोट र छोईलिङ युवा क्लव बीच पनि पेनाल्टी भएको थियो । निर्धारित समयमा २–२ गोल भएपछि भएको पेनाल्टी मा छोईलिङका खेलाडी महेन्द्र तामाङको बल म्याङ्गाङका गोलकिपर विवेक तामाङले गोल हुनबाट बचाए सँगै म्याङ्गाङ सेमिफाईनल पुग्यो ।
त्यसैगरी आज भएको अन्तिम क्वार फाईनल खेलमा आयोजक विद्यार्थी उपकार संघको १ गोलको विरुद्ध ५ गोल गर्दै डब्जोङ क्षेत्र संरक्षण समाज सेमिफाईनल प्रवेस गर्न सफल भयो ।
जिल्लाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिएका थिए । माघ १५ गते फाईनल हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको प्रदान गरिने आयोजकले जनाएको छ ।
पाँचौं दिनको खेल अपडेट
चौंथो दिनको खेल अपडेट
तेस्रो दिनको खेल नतिजा
दोस्रो दिनको खेल नतिजा
पहिलो दिनको खेल नतिजा