सहिद धनेन्द्र तामाङको आज स्मृति दिवस (जिवनी समेत)

Avatar photo
शुसिला रिजाल
बिहिबार, माघ ६, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट सहिद परिवारहरुको गाउँका रुपमा परिचित छ । धुवाँकोट र यस आसपासबाट मात्रै विभिन्न मितिमा माओवादीको आरोपमा ज्यान गुमाउनेको संख्या ८ जना छ । यहि सहिदहरुको सूचीमा सूचिकृत धनेन्द्र तामाङ (आईत) को आज स्मृति दिवस हो ।

धनेन्द्र तामाङलाई आजैका दिन अर्थात २०५६ साल माघ ६ गते ससुराली गएको बेला मार्पाक थालमा ससुरी घरमा घेराहाली सेनाले गोली हान्यो । घाईते धनेन्द्रलाई चरम यातना दिई आजैका दिन हत्या गरेको थियो ।

उनै धनेन्द्र तामाङ (आईत) को राजनैतिक तथा पारिवारिक संक्षिप्त जानकारी
धादिङ जिल्ला धुवाकोट गा.वि.स.वडा नं.१ पात्ले मा पिता विरबहादुर तामाङ र आमा मनमाया तामाङको गर्भबाट जन्मेका चार सन्तान मध्ये कान्छा सन्तान धनेन्द्र तामाङ आइतको जन्म वि.स.२०३० कार्तिक १० गते भएको हो उहाँको दाजु अमृत बहिनीहरु कान्छी र सान्ति हुनुहुन्छ । उहा“को धर्म पत्नी फुलमाया तामाङ र दुई छोराहरु विनय तामाङ र संङजा तामाङ हुनुहुन्छ ।

उहाँले अभाव संग जुझ्दैै धुवाकोटकै सरस्वाती मा.वि बाट १० कक्षा उतिर्ण गर्नुभएको थियो । निम्न किसान परिवारमा जन्मेका धनेन्द्र सानैदेखि बिद्रोही लडाकु स्वाभावका थिए । विद्यार्थी काल देखि नै कम्यजिुष्ट विचार राख्ने धनेन्द्र ०४५–०४६ साल देखि नै मोटो मशाल, जनमोर्चा भई अगाडी बढ्नु भयो । २०५२ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका धनेन्द्रले सामाजिक कार्यमा धुवाकोटको पाप्ले खेलकुद मैदान निर्माण, काउले डाडा धुवाकोट गोरेटो बाटो निर्माण, हिमचुलि खानेपानी स्थापना साथै स्थानिय क्लवको निर्माणमा ठूलो योगदान पुर्याउनु भएको स्थानीयहरु बताउँछन् ।

यसरी सामाजिक र क्रान्तिकारी कार्यलाई सगै तिव्रता दिएर धनेन्द्र वि.स.२०५३ असारमा पुर्णकालिन हुनु भयो । पुर्णकालिन पश्चात विद्यार्थी संगठनमा आवद्ध धनेन्द्र जिल्ला सदस्य पनि बन्नु भयो । २०४८ साल देखि नै विद्यार्थी राजनितिमा सक्रिय धनेन्द्र वि.स.२०५४ साल मा माओवादीको जिल्ला सदस्य बन्नु भयो । जिल्लाको सचिवालय सदस्य २०५६ सालमा बन्नुभयो । २०४६ को जनआन्दोलनमा जेल परेका धनेन्द्र पुर्णकालिन देखि नै प्राय फौजि जिम्मेवारीमा रहनु भयो । धुवाकोटका निकै पुराना इमान्दार धनेन्द्र विस्तारै जनताको मुटुमा गड्न थाल्नु भयो । उहाँले तत्कालिन मध्य कमाण्डमा भएको पहिलो गोर्खा जौबारी चौकि कब्जा, नुवाकोट सामरी चौकी कब्जा,गोर्खा ताकुकोट चौकि कब्जा पहिलो, धादिङ्ग फुलखर्क प्रहरी चौकि कब्जा, खहरे बैंक कब्जामा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको माओवादीको दस्तावेजमा पढ्न पाईन्छ ।

यसरी तामाङ वस्तिको आस्थाको केन्द्र बन्दै गएका धनेन्द्र सामारी चौकीको कार्वाहि पछि ससुराली घर मार्पाक थलामा भेट्घाटमा आउनु भयो । स्थानिय सुराकिले आएको खवर मार्पाक प्रहरी चौकीलाई गराए । राती उहाँको ससुराली घर घेरा हालियो उहाँले घरको तलाबाट फालहानि भाग्ने कोसिस गर्नुभयो तर प्रहरीले गोली चलायो । घाइते बनाइ गिरÏतार पछि चरम यातना दिई फेरी गोलि हानी हत्या गर्यो । वि.स.२०५६ माघ ६ गतेका दिन धन्मेन्द्र सहिदको सूचीमा थपिए ।