नेत्रावती डवजोङ कार्यालयको ताला ११ दिन पछि खुल्यो

Avatar photo
Dhadingpost
बुधबार, माघ ५, २०७८

धादिङ । नौं बुँदे माग राख्दै पुस २५ गते नेत्रावती डवजोङ गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको थियो ।

तालाबन्दी गर्दै नेपाली कांग्रेस नेत्रावती डवजोङका सभापति ठाकुर गुरुङले सडक कालो पत्रे गर्ने शिर्षकको ३ करोड मनोमानी गरेको, कर्मचारी सुविधामा मनोमानी गरेको, बजारभाउ भन्दा बढी मुल्यमा जिन्सी सामाग्री खरिद गर्ने लगाएतका आरोप लगाएका थिए ।

कांग्रेसको उक्त माग सम्बोधन गरि ताला खोल्न गाउँपालिकाले कुनै चासो नदेखाएपछि नेत्रावती डवजोङका अन्य राजनीतिक दलहरु सँग छलफल गरि कांग्रेस आफैले ताला खोलेको सभापति ठाकुर गुरुङले धादिङपोष्टलाई बताए ।

बहुमत कार्यपालिकाका बहुमत सदस्यहरुले काँग्रेसले उठाएका जायज माग प्रति प्रतिवद्धता जनाए । पालिका प्रमुख र उप प्रमुखले ३ करोड रकमान्तरको गरि भाग बण्डा गरेको रकम कार्यान्वयन गर्न नदिने बहुमत कार्य पालिका सदस्यहरुले हस्ताक्षर सहित प्रतिवद्धता जनाए पछि तालाबन्दी खुलाईएको गुरुङले बताए ।