कांग्रेसद्वारा नेत्रावती डवजोङको कार्यालयमा तालाबन्दी

Avatar photo
Dhadingpost
पुस २५, २०७८

धादिङ । नौं बुँदे ज्ञापन पत्र बुझाई नेत्रावती डवजोङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको नेपाली कांग्रेस नेत्रावती डवजोङले जनाएको छ ।

गाउँपालिकाको विषयमा स्थानीयले उठाएको माग सम्बोधन हुनुपर्यो भनेर पटक-पटक ध्यानाकर्षण गर्दा समेत व्यवस्था गरिएपछि ज्ञापन पत्र बुझाएर तालाबन्दी गरिएको सभापति ठाकुर गुरुङले बताए ।

गाउँपालिका भवन सम्म सडक कालो पत्रे गर्ने शिर्षकको ३ करोड मनोमानी गरेको, कर्मचारी सुविधामा मनोमानी गरेको, बजारभाउ भन्दा बढी मुल्यमा जिन्सी सामाग्री खरिद गर्ने गरेको पाईएकोले तालाबन्दी गरिएको गुरुङले बताए ।