
सुन्दर लामा
धादिङ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङ जिल्ला समितिको दोस्रो पूर्ण बैठकले शैक्षिक बिकृति, बिसङ्गतिलाई भन्डाफोर गर्ने निर्णय गरेको छ ।
धुनिबेशी नगरपालिकाको धार्केमा बसेको क्रािनत्कारीको दोस्रो पूर्ण बैठकले धादिङ जिल्लामा भएका शैक्षिक बिकृति, बिसङ्गतिलाई भन्डाफोर गर्दै शैक्षिक दलाल, माफिया, भ्रष्टाचारीविरुद्ध सङ्घर्ष गर्ने र पौष १६ गते विद्यार्थी जागरण अभियान उद्घाटन गर्ने निर्णय समेत गरेको बताईएको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती पश्चिम विशेष प्रदेश इन्चार्ज सुरेन्द्र बस्नेतको प्रमुख आतिथ्यता र नेकपा धादिङका पुर्व जिल्ला सेक्रेटरी एवम् जिल्ला सदस्य प्रवेशधादिङका अध्यक्ष अभयको विषेश आतिथ्यता रहेको थियो ।