धादिङबाट दलबहादुर बुर्लाकोटीको वागमती प्रदेशको सह सचिवमा उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
सोमवार, पुस ५, २०७८

धादिङ । नेकपा माओवादी केन्द्र वागमती प्रदेशको पदाधिकारी चयनका लागि सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा गएको छ ।

अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमले उम्मेदवारी दर्ता गराएका छन् भने धादिङ जिल्लाबाट दलबहादुर बुर्लाकोटी विजयले सह सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । २७५ सदस्यीय बागमती प्रदेशमा धादिङबाट २२ जना यस अघि नै चयन भैसकेका छन् । केहिबेर पछि हुने निर्वाचनमा यहि २७५ जनाले मतदान गर्दै छन् ।

अध्यक्षका उम्मेदवार सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पूराना नेता हुन् । गौतम हाल काभ्रेको चौँरी देउराली गाउँपालिकाका अध्यक्ष छन् ।