धादिङबेसी बीचबजारमा आज बेलुका ४ बजे अस्मिता र राजकुमार लोकदोहोरीे

Avatar photo
Dhadingpost
शनिबार, पुस ३, २०७८


धादिङबेसी । धादिङबेसी बीचबजार चोकमा आज बेलुका ४ बजे गायक राजकुमार बाँनिया र गायिका अस्मिता डल्लाकोटी बीच लोकदोहोरी हुने भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा हुने सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक कार्यक्रममा राजकुमार र अस्मिताको लोकदोहोरी हुने बताईएको छ ।

अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारको क्रममा दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि सुरक्षित आप्रवासन सामी परियोजनाले धादिङको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा न्याय, सिप, मनोपरामर्श सेवा, वित्तिय साक्षरता कक्षा र पैरवीमा कामगर्दै आईरहेको छ।