
धादिङ । धादिङका जितबहादुर अधिकारी सचिव र द्वाय सन्तोष सिंखडा (समिकरण) र दिपक बस्नेत (सुरप्रताप) अखिल नेपाल लेखक संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट कार्य समिति चयन भएका छन् ।
धादिङमा शान्तिप्रक्रिया सँगै संचालनमा आएको जनमुक्ति मार्गमा नियमित कलम चलाउने समिकरण क्रान्ति र जनताका दैनिक जिवन सरोकारका विषयमा लेख लेख्छन् भने कविता लेखनमा पनि उत्तिकै पोख्त छन् । यस्तै जनमुक्ति सेना हुँदै नेपाली सेनाबाट फेरि भुगोलको राजनीतिमा फर्किएका दिपक बस्नेत सुरप्रताप राजनीतिक सम्बन्धी लेख लेख्छन् भने उनको जनयुद्ध देखि हाल सम्मका विषय बस्तु समेटिएको किताब प्रकाशनको तयारीमा छ ।
अखिल नेपाल लेखक संघको सम्मेलनले साहित्यकार धनप्रसाद सुवेदीको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।