सहिद पदम तामाङ (चट्याङ) को संक्षिप्त जिवनी

Avatar photo
शुसिला रिजाल
बिहिबार, मंसिर २३, २०७८

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ साविकको धुँवाकोट गा.वि.स. वडा न.१ पात्लेमा बुबा धन ब. तामाङ र आमा नन्द कुमारीबाट चार सन्तान मध्ये पहिलो सन्तानको रुपमा वि.स.२०३६ साल असोज १५ गते पदम बहादुर तामाङ (चट्याङ) को जन्म भएको हो ।

घर नजिकैको गौरी शंकर आधारभुत विद्यालय धुवाकोट पात्लेबाट कक्षा ५ पास र १० कक्षा सम्मको पढाई सरस्वती माध्यामिक भंगेरी स्थानबाट भएको थियो । भाई सुर्य ब. तामाङ बहिनी सरिता तामाङ, कौशिल्य तामाङ (शहीद) हुनुहुन्छ । पदमको विनिता तामाङ स“ग आफ्नैैैैैैैैैै संस्कार अनुसार विवाह सम्पन्न भएको । पदमको एक मात्र छारीे बीमा तामाङ छिन् ।

सानै देखि इमान्दार पदम साथीभाइको एउटा गुनिलो मित्र पदम । उत्पिडित जनजाती अभाव, रोग, कठिनाई संग निकै सघर्ष गरेका पदम तेतिकै साहासी पनि थिए । निम्न मध्यम वर्गमा जन्मेका पदमको आयश्रोत कृषि नै थियो । साथै घडी, रेडियो, टी.भि. मर्मतमा पनि उनी त्यतिकै सिपालु थिए । सुरु–सुरुमा रा.प्र.पा. नजिक रहेका पदम विस्तारै जनमोर्चामा प्रवेश गरे ।

पुर्णकालिन हुनुभन्दा अगाडि उनी भारततिर रोजगारीको खोजीमा गए । त्यह“ा उनी माओवादीको प्रवास ब्युरोमा जोडीएर पनि काम गरे । विदेशबाट फर्केपछि जनयुद्धमा बहिनीको हत्याले निकै विछिप्त भएका पदम आमा र बाबुलाई म बहिनीको हत्याको बदला लिन्छु भनेर बहिनीको हत्या भएको १ महिना पुग्न नपाउदै वि.स.२०५९ साल भदौ २ गते पुर्णकालिन भएका थिए ।

०५९ सालमै पार्टी सदस्यता प्राप्त गरे सँगै पदम चट्याङ नामले परिचित बने । तामाङ्ग राष्ट्रिय मुक्तिमोर्चामा रहेर पनि तामाङ्ग जातिको मुक्तिको लागी संघर्ष उठान मा महत्वपूर्ण भुमिका निभए उनले । आज पनि ती लेकाली बस्तिमा चट्याङ भन्ने नामका माओवादी कार्यकर्ताको खोजी हुने गर्दछ । जातिय मुक्ति विना वर्गिय मुक्ति सम्भव छैन भन्ने भनाई आज पनि धादिङ नुवाकोटका माओवादी आधार इलाकाहरुका इमान्दार जनताहरुको मनमा गुन्जिरहेको छ ।

धुँवाकोट, काउले तारुका, बुधसिंङका जनताको मन मनमा रहेका चट्याङ पार्टी कै कामको शिलसिलामा नुवाकोट जिल्लाको वागेश्वरी गए । त्रिशुलीबाट आएको सेनाले उनलाई अचानक घेरा हाली गोली हान्यो । वि.स. २०५९ साल मसिंर २४ गते उनी धादिङको माओवादी आन्दोलनको सहिदको लिस्टमा दर्ज भए ।