
धादिङ मंसिर २१ । नेपाल डोरी तान संघ धादिङले विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता पौष २ गते गर्ने भएको छ ।
विद्यालय स्तयरी यस प्रतियोगितामा १२ कक्षा सम्मका विद्यार्थीले भाग लिन पाईने जिल्ला अध्यक्ष अमृत तामाङले धादिङपोष्टलाई बताए । एक टिम ८ जना खेलाडी रहने र उक्त खेलाडीहरुको तौल ४८० केजी भन्दा बढी हुन नपाईने अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितिय तृतियलाई पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने बताईएको छ । राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको डोरीतान संघ राष्ट्रिय खेल हो । धादिङमा पहिलो पटक यो खेलको जिल्ला स्तरीय प्रतियोगिता हुने भएको हो ।