
धादिङ साउन ३० । राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको डोरीतान संघको धादिङ शाखाको अध्यक्षमा अमृत तामाङ पुन: अध्यक्षमा निर्वाचित भएका छन् । आज धादिङबेसीमा सम्पन्न दोस्रो भेलाले अमृत तामाङ अध्यक्षता रहने गरि १३ सदस्यीय जिल्ला समिति धादिङ गठन भएको हो ।
जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यता र डोरीतान संघ बागमती प्रदेशका सदस्य रमेश कुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उक्त दोस्रो भेलाले उपाध्यक्षमा अर्जुन सिंखडा, सचिव उदय लामिछाने, कोषाध्यक्षमा गोकर्ण अधिकारी, सह-सचिवमा जानुका भट्ट निर्वाचित भएका छन् ।
यस्तै डोरीतान संघ धादिङको सदस्यहरुमा बालकृष्ण लम्साल, कमला घले, निमार्ण गोपाली, सुदिप पोखरेल, हरिकृष्ण लम्साल, जास्मिन तामाङ, अपिल कोईराला र गणेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
भेलालाई शुभकामना दिँदै प्रमुख अतिथि तामाङले डोरीतान संघ धादिङको खेलकुद गतिविधिलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए भने विशेष अतिथि रमेश कुमार श्रेष्ठले पहिलो भेलाको स्मरण गर्दै धादिङमा डोरीतान संघ धादिङ गठन हुनुमा प्याब्सन धादिङका पूर्व अध्यक्ष गोविन्द बुढाथोकीको महत्वपूर्ण भुमिका रहेको बताएका थिए ।

