मन्त्री जमकट्टेलले भोली धादिङका ५ वटा पालिका अधिवेशनलाई सम्बोधन गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७८

धादिङ मंसिर १० । माओवादी केन्द्रले भोली देशभरका सबै स्थानीयतहरुको अधिवेशन सम्पन्न गर्न गहिरहेको छ । त्यहि अनुरुप धादिङका १३ वटै पालिकाहरुको अधिवेशन पनि भोलीनै हुन लागेको हो ।

भोली हुने पालिका अधिवेशनमा जिल्ला इन्चार्ज एवम् वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नीलकण्ठ, सिद्धलेक, बेनीघाट रोराङ, गजुरी र थाक्रेको अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र धादिङले जनाएको छ । खनियाबास गाउँपालिकाको अधिवेशन जिल्ला इन्चार्ज रामबहादुर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

माओवादी केन्द्र नीलकण्ठले धादिङबेसी क्रिक रिसोर्टमा अधिवेशन उद्घाटन गर्ने भएको छ, भने सभा अगाडी मोटर साईकल र्याली, बाजागाजा सहित साँस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ ।

मङ्सिर ११ गते पालिका अधिवेशन सम्पन्न गरे सँगै माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा प्रदेश अधिवेशन गरेर नयाँ नेतृत्व चुन्दै पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ ।