माओवादी केन्द्र नीलकण्ठमा, को बन्ला अध्यक्ष ५ जना आकांक्षी

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७८

धादिङ मंसिर ११ । माओवादी केन्द्रले भोली अर्थात मंसिर ११ गते देशभर नगर तथा पालिका कमिटीको अधिवेश गर्दैछ । धादिङमा पनि नगर तथा पालिका अधिवेशनका लागि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु तयारीमा छन् ।

धादिङको सदरमुकाम समेटीको नीलकण्ठ नगरपालिका अधिवेशनमा ५ जना नेताले अध्यक्षको आकाक्षी भएको जनाएका छन् । साविकका नीलकण्ठ, साङ्कोष, ज्यामरुङ, मुरलीभञ्ज्याङ, सुनौलाबजार, खाल्टे र धुवाँकोट मिलेर बनेको नीलकण्ठको नगर अधिवेश माओवादी केन्द्रले भव्य रुपमा सम्पन्न गर्नं लागेको छ ।

नीलकण्ठ नगरपालिका अधिवेशन सदरमुकाम स्थित क्रिक रिसोर्टमागर्ने भएको छ, त्यस अघि मोटर साईकल र्‍याली, बजार क्षेत्रमा झ्याँकी सहितको र्‍याली प्रदर्शनको तयारी समेत माओवादी केन्द्र नीलकण्ठले गरेको छ ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नयाँ नेतृत्वको पनि छलफल चल्न थालेको देखिन्छ । जनयुद्धमा महत्वपूर्ण भुमिका निभाएका हाल पार्टीमा क्रियाशिल रहेको विनोदबावु रिमाल (सरोज) पनि पार्टीले जिम्मेवारी दिए नीलकण्ठको अध्यक्ष हुने बताउँछन् । यस अघि नगर कमिटीको जिम्मेवारी सम्हाली सकेका सरोज पार्टीले जिम्मेवारी दिने क्रममा पछिल्लो समय अन्यायमा पर्दै आएको नेता हुन् । उनले आफु सहमती जुटे मात्रै अध्यक्ष हुने, सहमती नहुने स्थितीमा आफ्नो दावी नरहने बताए ।

यस्तै अध्यक्षका दावेदार हुन्, पूर्व जनमुक्ति सेनाबाट भुगोलमा राजनीति गर्न आएका लक्ष्मण रम्तेल । उनले आफु नीलकण्ठको नेतृत्व गर्न लाएक भएको र पार्टीले अध्यक्षको जिम्मेवारी दिनमा ढुक्क रहेको बताए । आगामी चुनाव जित्नु छ । मैले नीलकण्ठको अध्यक्ष ३ महिना पहिल्यै दावी गरेकोले अन्य साथीहरुको समर्थनमा आफु अध्यक्ष बन्ने उनको दावी छ ।

त्यस्तै अर्का दावेदार हुन् अमृत तामाङ, पार्टीको जिम्मेवारी अनुशासन पूर्वक पुरा गर्ने स्वाभावका अमृत तामाङ खेलाडी पूष्ठभुमीबाट पार्टीमा सक्रिय छन् । राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष समेत रहेका तामाङले यो पटक नीलकण्ठको नगर अध्यक्षमा आफ्नो पनि दावी रहने बताएका छन् । यस्तै ज्यामरुङका चन्द्र लम्साल र मुरलीभञ्ज्याङका कृष्ण रेग्मीले पनि नीलकण्ठको अध्यक्ष पदका लागि आफ्नो दावी रहने बताएका छन् ।