
धादिङ मंसिर ५ । धादिङका एसपी महेन्द्र खड्का सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा भएका छन् । अब धादिङका लागि सुर्खेतमा कार्यरत एसपी राकेश सिंह आउने भएका छन् ।
नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी) को एकै पटक सरुवा गरिँदा धादिङमा पनि एसपी हेरफेर भएको हो । मंसिर ४ गते प्रहरी महानिरीक्षक स्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय भएको हो ।
केही जिल्लाहरुका एसपी सहित प्रहरी प्रधान कार्यालयका एसपी सरुवा भएका छन् । निर्णय अनुसार प्रचलित नियम अनुसार तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।