
धादिङ मंसिर १ । धादिङमा रामचन्द्र पौडेल पक्षधरहरुले आशन्न जिल्ला अधिवेशनलाई लक्षित गरेर उम्मेदवारहरु सार्वजनिक गरेको छ । केन्द्रमा प्रष्ट दुई धार देखिए सँगै धादिङमा पनि सभापति शेरबहादुर देउवा पक्षधर र रामचन्द्र पौडेल पक्षधरहरुको दुई समुह देखिएको छ ।
देउवा पक्षधर धादिङका नेता भिमप्रसाद ढुङ्गानाले केहि दिन अघि आफु जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको केहि दिनमा नै पौडेल पक्षका रामनाथ अधिकारी पक्षले आफ्नो पक्षका उम्मेदवारहरु सार्वजनिक गरेको हो । वडा तह, पालिकाको अधिवेशनमा समेत प्रष्ट दुई धारमा देखिएका यी दुई समुह मध्ये देउवा पक्षले आफ्ना उम्मेदवारहरुको नाम सार्वजनिक नगरे पनि पौडेल पक्षले आज आफ्नो पक्षका उम्मेदवारहरु सार्वजनिक गरेको हो ।
धादिङमा पौडेल पक्षले सार्वजनिक गरेको उम्मेदवारहरु
जिल्ला सभापति: रामनाथ अधिकारी,
प्रतिनिधिसभा क्षेत्रीय सभापतीमा क्षेत्र न. १ : कुमारबहादुर सिंखडा
क्षेत्र न. २ : राकेश धमला
प्रदेशसभा क्षेत्रीय सभापतिमा
क्षेत्र न. १ (क) : राजकुमार कुँवर
क्षेत्र न. १ (ख) : बिष्णुप्रसाद रुपाखेती
क्षेत्र न. २ (क) : होमबहादुर गुरुङ
क्षेत्र न. २ (ख) : हरि तामाङ
कांग्रेस धादिङले प्रदेश सभा क्षेत्र अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकै दिन गर्ने भएको छ । मंगलबार जिल्ला निर्वाचन कार्यालय धादिङले सूचना जारी गर्दै मंसिर ३ मा गर्ने भनिएको ४ वटै प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसंगै हुने जनाएको छ ।
जिल्ला अधिवेशन भने मंसिर १० मा नै हुने जनाइएको छ ।कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म १४ औं महाधिवेशन गर्दैछ।महाधिवेशनका लागि प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि आउनेछन् ।