
धादिङ कात्तिक २६ । नेपाली कांग्रेस धादिङ नेता भिम प्रसाद ढुङ्गानाले आशन्न जिल्ला अधिबेशनको लागि औपचारिक रुपमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खनियाबास विद्रोहका अगुवा दामन पाख्रिन को २५ औं स्मृति दिवस कार्यक्रममा बोल्दै कांग्रेस धादिङको आशन्न अधिवेशनमा आफु जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कार्यक्रममा पूर्व कानून मन्त्री तथा कांग्रेस नेता दिलमान पाख्रिन र नेता तिलक रूवालीले ढुङ्गानालाई जिताउन आफुहरु प्रतिवद्ध रहने बताएका थिए । गत अधिवेशनमा २६ मतले सभापति पदमा पराजित ढुङ्गाना यो पटक फेरि सभातिमा उठ्न लागेका हुन् । ढुङ्गाना कांग्रेस वृतमा विकास प्रेमी नेताका रुपमा पनि चिनिन्छन् ।