धादिङ कात्तिक २४ । धादिङ थाक्रके गाउँपालिका ११ मा रहेको बाघ बच्छला आधारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई सुरबी फाउन्डेसनले सहयोग गरेको छ ।
कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत विद्यर्थीहरूलाई सुरबी फाउन्डेसनका अध्यक्ष कविन शाक्य आफै उपस्थित भएर शैक्षिक सामाग्रीहरु (कापी, कलम) र लुगा कपडामा (ट्रयाक सुट) सहयोग गरेका हुन् ।
कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले यस अघि धादिङको गजुरी सामुदायिक विकास समाज अध्यक्ष कवि बर्तौलालाई फुटबल, भलिवल, ब्याटमिन्टन लगायतका आवश्यक खेल सामाग्री प्रदान गरेको थियो ।