गजुरीमा सुरभी फाउन्डेसनद्वारा खेलकुद सामग्री प्रदान

Avatar photo
Dhadingpost
आइतवार, साउन २४, २०७८

धादिङ साउन २४ । समाज सेवामा क्रियाशिल सुरभी फाउन्डेसनले गजुरी गाउँपालिका स्थित गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले गजुरी सामुदायिक विकास समाज अध्यक्ष कवि बर्तौलालाई फुटबल, भलिवल, ब्याटमिन्टन लगायतका आवश्यक खेल सामाग्री प्रदान गरेको हो ।

गजुरी गाउँपालिका– १ मा निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न १ सय ११ परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नुन, माक्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरि सकेको सुरभी फाउन्डेसनले अब गजुरी बजारमा जिम सेन्टर स्थापना गर्ने सोच बनाएको अध्यक्ष शाक्य बताए ।

अध्यक्ष शाक्यले भने आउँदो दशैं या तिहारको अवसरमा गजुरीमा भलिवल तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नेछौं ।’ एम्बुलेन्सको पनि व्यवस्था तयारीमा छौं ।

फोटो: इमेजखवरबाट