
धादिङ असोज २६ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा सम्पन्न भएको दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि सविन तामाङले जितेका छन् ।
धादिङमा विद्यालय स्तरीय भलिबल प्रतियोगितामा उकृष्ट सटर बनेका सविन विगत २ वर्ष देखि नियमित ब्याडमिण्टन खेल्दै आईरहेका छन् । गजुरी ब्याडमिण्टनको उपाधि जिते सँगै जिल्ला स्तरीय खेलाडीमा अब्बल सावित भएका सविनले जिल्ला बाहिर दर्जनौ प्रतियोगिता जिति सकेका छन् । असोज २४ देखि सुरुभएको दोस्रो नेत्रावती डवजोङ कप सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगितामा सविनले नेत्रावती डवजोङका नकुल अधिकारीलाई सिधा सेट २१-१२ र २१-१२ मा पराजित गर्दै प्रथम भएका हुन् ।
प्रतियोगितामा सविन सँग फाईजनमा पराजित भएका नकुल अधिकारी द्वितिय, नयन अधिकारी र अश्विन तामाङ तृतिय भए । विजेताहरु प्रथम द्वितिय र तृतियलाई क्रमस ११ हजार १ सय ११, ५ हजार ५ सय ५५, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण प्रदान गरिएको थियो ।
यस्तै इमर्जिङ्ग खेलाडीमा शिसिर तामाङ घोसित बने उनलाई र्याकेट गिफ्ट र प्रमाण पत्र, क्वाटर फाईनलिष्ट बनेका मिल्क थोक, अदिप अधिकारी, बद्री अधिकारी र शिव कार्कीलाई गिफ्ट र प्रमाण पत्र प्रदान गरिएको थियो । विजेताहरुलाई संविधान सभाका सदस्य विरबहादुर तामाङले पुस्कार वितरण गरेका थिए ।







































