धादिङको ब्याडमिण्डनको उपाधी मोहन र सविनको टिमलाई

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २५, २०७६

धादिङ कार्तिक २५ । धादिङको गजुरी गाउँपालिका स्थित मलेखुमा शनिबार देखि सुरुभएको तीन दिने खुल्ला ब्याडमिण्डन प्रतियोगिताको समुह A को उपाधी मोहन गुरुङ र सविन तामाङले जितेका छन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा कक्षा १२ मा पढ्दै गरेका सविन र धादिङ बोर्डिङमा अध्ययन गरि ब्याडमिन्टन ट्रेनिङका क्रममा काठमाडौ रहेका मोहनको टिमले मलेखु स्थित बिदुर कडेल र सुर्य गुरुङकाे टिमलाई सिधा सेटमा हराउँदै प्रथम उपाधी जितेका हुन् ।

दुई समुह बनाएर खेलाईएको उक्त प्रतियोगिताको समुह B को उपाधी राजेश परियार र विजय त्रिपाठीको टिमले धादिङबेसीका सन्तोष अधिकारी रटेकबहादुर गुरुङको टिमलाई हराउँदै जितेको छ ।

प्रतियोगितामा नियमित खेल्ने पुराना खेलाडीहरुलाई A टिम नाम दिएको समुहमा २४ टिम र नयाँ खेलाडीहरु समावेश गरिएको B टिम रहेको ९ टिम सहभागि थिए । प्रतियोगिताको उद्घाटन धादिङका संघीय संसद भुमि त्रिपाठीले शनिबार गरेका थिए ।

संघीय संसद भुमि त्रिपाठीद्वारा ब्याडमिण्डन प्रतियोगिता उद्घाटन